सुक्रबार,  जेठ ३१,  २०८२


खेम र मेलिनाको स्वरमा नरेशले ल्याए नौतुनाको रेल

नगरकोट न्युज मंगल, फागुन ६, २०८१ कला/साहित्य

02358


नगरकोट :- लोकगायक खेम सेन्चुरी र मेलिना राईको स्वर रहेको लोक दोहोरी गीत नौतुनाको रेल युट्युवमा सार्वजनिक भएको छ । मोडल तथा कलाकार नरेश एमसीले आफ्नो युट्युब च्यानल नरेश एमसी मार्फत गीतको भिडियो फागुन २ गते सार्वजनिक गरेका हुन् । गीतमा नरेश र जुना बिश्वकर्माले अभिनय गरेका छन् । गीतमा नरेश भारतीय सेनामा कार्यरत सैनिक अधिकृतको भूमिकामा छन् भने जुनाले गाउँले युवतीको भूमिकामा अभिनय गरेकी छन् । लाहुरे र उनकी प्रेमिका बीचको प्रेम दर्शाउन गीत तयार गरिएको नरेशले बताए । ऋषि खड्काले लेखेको गीतलाई केशव बडुले संगीत संयोजन गरेका छन् भने भिडियो अजय रेग्मीले खिचेका हुन् । गीतको भिडियो निर्देशन तथा नृत्य निर्देशन मौसम हिमालीको रहेको छ । 


नरेश एमसी सशस्त्र प्रहरीका कर्मचारी हुन् । पेशागत कर्मसंगै कलाकारितालाई समेत निरन्तरता दिँदै गएका नरेशले दशैं तिहारको अवसरमा फौजी जीवनलाई प्रतिनिधित्व गर्ने भिडियोहरू सार्वजनिक गर्दै आइरहेका छन् । मेरो माया राष्ट्र सेवक, लाहुरेको चिनो, फौजीको बर्दीमा जस्ता गीतहरू बजारमा ल्याएका नरेशको लाहुरे म त सोल्टिनी गीत चर्चित छ । युटुबमा एक करोड आठ लाख भन्दा बढीले हेरेको भिडियो एक वर्ष अगाडि सार्वजनिक भएको थियो । 
नौतुनाको रेल भने कति सफल हुन्छ, आउँदा दिनहरुमा देखिने नै छ । 


नौतुनाको रेल गीतको लिङ्कस् 
https://youtu.be/baxCkrpbYvk?si=c6fQZM-wwM8TEGUZ

Top