नगरकोट :- कथाकार धनमान श्रेष्ठको कथाकृति ‘धनमान श्रेष्ठका प्रतिनिधि कथा’ नामक कथासंग्रहको शनिबार भक्तपुरमा विमोचन गरिएको छ । स्वर प्रकाशन, स्वर द्धैमासिक पत्रिका काठमाडौंको आयोजनामा विमोचन समारोह भएको हो । कार्यक्रमको संयोजन सिर्जना अभियान समाज भक्तपुले गरेको हो । पुस्तकको साहित्यकार इन्दिरा प्रसाई लगायतले संयुक्त रुपमा विमोचन गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि प्रसाई, लेखक धनमान श्रेष्ठ, सिर्जना अभियानका सचिव ध्रुब मधिकर्मी, डा योगेन्द्र प्रधान, ठाकुरप्रसाद भण्डारीलगायतले आफ्ना धारणा राख्नुभएको थियो । पुस्तकको प्रकाशक स्वर प्रकाशन, स्वर द्धैमासिक पत्रिका काठमाडौका अध्यक्ष कार्तिकेय घिमिरेको सभापतित्वमा कार्यक्रम गरिएको थियो ।
पुस्तकमा ८२ वटा कथाहरु संग्रहित छन् । पुस्तक ८५ पृष्ठको छ । पुस्तकको मूल्य दुई सय ५५ राखिएको छ । पुस्तकको प्रकाशन स्वर प्रकाशन, स्वर द्धैमासिक पत्रिका काठमाडौंले गरेको हो । लेखक धनमानका यसअघि पनि आधा दर्जन पुस्तक प्रकाशित भइसकेका छन् ।
