आईतबार,  जेठ १२,  २०८२


बिस्का जात्राः रथले किचेर एक जनाको मृत्यु

नगरकोट न्युज आईत, चैत ३०, २०८१ समाज

02632


नगरकोट :- भक्तपुरमा बिस्का जात्रा मनाउने क्रममा भैरवनाथको रथले किचेर एक जनाको मृत्यु भएको छ । 

भक्तपुर नगरपालिका–४ घर भई हाल सूर्यविनायक नगरपालिका–८ सिपाटोलस्थित इटबू बस्ने ३६ वर्षीय सुशील तमखूको मृत्यु भएको हो ।
    
बिस्काः जात्राको चौथो दिन आज भेलुखेलस्थित योसिंखेलमा ५५ हात लामो योसिं ठड्याउन भैरवनाथको रथलाई गाःहिटीबाट योसिंखेल लैजाने क्रममा तमखूलाई रथले किचेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक माधव बुढाथोकीले जानकारी दिनुभयो ।
    
रथले तमखूको शरीरको बीच भागमा किचेको र उनको घटनास्थलमा नै मृत्यु भएको उहाँले बताउनुभयो ।रासस

Top