नगरकोट :- भक्तपुर क्यान्सर अस्पतालले सिन्धुली अस्पतालमा महिलाको स्तन र पाठेघरको क्यान्सरको स्क्रिनिङ गरेको छ ।
अस्पतालका निमित्त निर्देशक डा उज्ज्वल चालिसेका अनुसार भक्तपुर क्यान्सरको चिकित्सक टोली सिन्धुली अस्पताल पुगेर ५०० जना महिलाको क्यान्सर स्क्रिनिङ गरिएको हो ।
परीक्षणका क्रममा केहीमा स्तन तथा पाठेघरको क्यान्सर देखिएपछि थप उपचारका लागि भक्तपुर क्यान्सर अस्पताल रेफर गरिएको डा. चालिसेले बताउनुभयो ।
‘सिन्धुली अस्पतालमा महिलाको क्यान्सर स्क्रिनिङ तथा सचेतना शिबिरमा करिब ५०० महिला को जाँच गरियो’, डा चालिसेले भन्नुभयो, ‘स्तन र पाठेघरको मुखको क्यान्सर देखिएकालाई थप उपचारका लागि भक्तपुर क्यान्सर अस्पताल रिफर गरिएको छ।’
आगामी दिनमा बिरामीको सुबिधाका लागि दुई अस्पातल बिच सहकार्य गर्ने बारे अस्पतालका अध्यक्ष सतिस ढकालसहित मेसु डा. अभिशेक थपालियासँग छलफल र भेट्घाट समेत गरिएको उहाँले जानकारी दिनुभयो।