नगरकोट :- चाँगुनारायण नगरपालिकाले नगरभित्र पशुपालन गर्ने कृषकहरूलाई सम्मान गर्ने भएको छ । नगरपालिकाले वैशाख २१ गते एक सूचना प्रकाशित गर्दै चाँगुनारायण नगरपालिका नगर कार्यपालिकाको कार्यालय पशुपन्छी विकास शाखाको आ.व. २०८१।०८२ को स्वीकृत वार्षिक कृषक सम्मान कार्यक्रम सञ्चालन गरिने भएकोले नगरपालिका क्षेत्र भित्रका इच्छुक पशुपालक कृषक /समुह /समिति /फर्म /कृषि वहुउदेश्यीय सहकारीहरूले सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र पशुपन्छी विकास शाखामा चाँगुनारायण नगरपालिकाको पशु सेवा कार्यक्रम संचालन कार्यविधि, २०८१ को अनुसूची १८ बमोजिमको ढाँचामा आवेदन र अनुसूची १९ वमोजिमको विवरण पेश गर्नुहुन अनुरोध गरेको छ ।
कृषक सम्मान कार्यक्रममा प्रमाणपत्र सहित हरेक क्षेत्र (विधा)मा प्रथम, द्धितीय, तृतीय र सान्त्वना पुरस्कार क्रमशः १००००, ५०००, ३००० र १००० रुपैयाँ प्रदान गरिने नगरपालिकाले जनाएको छ ।
व्यवसायिक भैसी, गाई, बाख्रा वा भेडा, कुखुरा, कालिज वा पन्छी पालन फर्म, कृषि बुहउदेश्यीय सहकारी संस्था, दुध उत्पादन, संकलन, प्रशोसधन र घाँस खेती गर्ने कृषकहरूले सम्मानका लागि आवेदन दिन सक्ने र थप जानकारीका लागि नगरपालिकाको पशुपन्छी शाखामा सम्पर्क राख्नका लागि नगरपालिकाले अनुरोध गरेको छ ।