नगरकोट :- चाँगुनारायण नगरपालिकामा अर्गानिक खेती, जैविक मल तथा जैविक बिषादी निर्माण सम्बन्धी तीन दिने तालिम सम्पन्न भएको छ ।
चाँगुनारायण नगरपालिकाको खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) शाखाको आयोजना र स्वच्छ हावा संजाल चाँगुनारायणको समन्वयमा तालिम सम्पन्न भएको हो ।
नगरपालिकाको हेल्मेट डाँडा भवनमा आयोजित तीन दिने तालिममा प्रत्येक वडाबाट ३ जनाको दरले २७ जनाको सहभागिता रहेको थियो । तािलमको शुभारम्भ नगर प्रमुख जीवन खत्रीले गर्नुभएको थियो ।
तालिममा नेपाल प्रदुषण नियन्त्रण तथा वातवरण ब्यवस्थापन केन्द्रका स्रोत ब्यक्ती लक्ष्मी प्रसाद घिमिरेले अर्गानिक खेति र फोहोरमैला ब्यवस्थापन, नेप्सेम्याक प्रा.लिका प्रबन्धक बाबुराम चौलागाईले प्रागरिक मल बनाउने विधि, विज्ञ तथा स्रोत ब्यक्ती शिव यन्द्योले बनस्पति बिषादी बनाउने विधी, प्रभावकारी जिवाणु बृद्धि गर्ने बिधी तथा कम्पोस्ट मललगायत विभिन्न जैविक बिषादी निर्माण सम्बन्धी तालिम प्रदान गर्नु भएको थियो ।
वास शाखा प्रमुख सुरेन्द्र लामिछाने, स्वच्छ हावा सञ्जाल चाँगुनारायण अध्यक्ष रविता कार्की, वास सहजकर्ता मेनुका थापालगायतले पनि तालिम सहभागिलाई प्रशिक्षण दिनु भएको थियो ।
नगरपालिकाको सामाजिक विकास समितिका संयोजक तथा नगर प्रवक्ता जनक खत्रीको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद हुमेगाइँले सहभागिलाई प्रमाणपत्र वितरण गर्नु भएको थियो ।