आईतबार,  कार्तिक २४,  २०८२


 गोसाइँकुण्ड क्षेत्रमा पदयात्रामा गएका भक्तपुरका १२ यात्रीको उद्धार, वेपत्ता ४ जनाको खोजी जारी

नगरकोट न्युज सोम, असोज २०, २०८२ समाचार

03106


नगरकोट :- रसुवा जिल्लाको गोसाइँकुण्ड क्षेत्रमा पदयात्रामा गएका १२ यात्रीको नेपाली सेनाले उद्धार गरेको छ । 

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयकाअनुसार गोसाईंकुण्ड–५ बाट पदयात्रीको उद्धार गरी स्याफ्रुवेशी ल्याइएको छ । उनीहरुको खोजी तथा उद्धारका लागि श्रीनाथ गणबाट टोली परिचालन गरिएको थियो ।

बेपत्ता भएका अन्य चार जनाको ड्रोन क्यामेरासहित सेना, नेपाल प्रहरी र सशस्त्र  प्रहरी बल नेपालको टोलीले पाँच स्थानमा खोजीकार्य गरिरहेको निर्देशनालयले जनाएको छ ।रासस

Top