नगरकोट :- जनता म्वासाः भाषा म्वाई अर्थात् जनता रहे भाषा रहन्छ भन्ने नाराका साथ भक्तपुरको इताछेस्थित नपुखुमा आयोजित दुईदिने ४५औँ बृहत् नेपाल भाषा साहित्य सम्मेलनका उत्कृष्ट साहित्यकारलाई पुरस्कार प्रदान गरिएको छ ।
सम्मेलनमा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले कवितातर्फ प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने क्रमशः सङ्गीता पंच, गङ्गाराम ज्याख्व, सत्यनारायण सुवाल र लक्ष्मीप्रसाद कासुला एवं सुनिता गॉसीलाई पुरस्कार प्रदान गर्नुभयो । कथा विधातर्फ प्रथम, द्वितीय र तृतीय हुने क्रमशः श्रृया पहिजु, एलके सुन्दर, सूर्यनारायण फॉजु तथा निबन्ध विधामा प्रथम हुने केजी आचार्यलाई परस्कार प्रदान गर्नुभयो ।
तःमुंज्यामा अध्यक्ष बिजुक्छेँ, सचिव प्रेम सुवाल, भक्तपुर नगरपालिकाका नरपालिकाका प्रमख सुनिल प्रजापति, उपप्रमुख रजनी जोशी, साहित्यकार अभय श्रेष्ठ र हरिहर तिमिल्सनालगायतले सम्बोधन गर्नुभएको थियो । यसैगरी सिमाअध्यता रतन भण्डारी, पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ, इतिहासविद प्राध्यापक डा पुरुषोत्तमलोचन श्रेष्ठ, ख्वप इञ्जिनियरिड्ड कलेजका प्रध्यापक जताधर झा, कवि डा रामप्रसाद ज्ञवाली, नन्दबहादुर शाही, नवराज कोइराला, नारायण मर्हजनलगायतले कला, साहित्य, संस्कृति, सिमा अतिक्रमण, राष्ट्रिय अन्तरराष्ट्रिय राजनीति र प्यालेस्टाइनमाथि इजरायली आक्रमणबारे चर्चा गर्नुभयो ।
आयोजक समितिका सचिव राजन जति, कोषाध्यक्ष प्रनेश बाटीले दुई दिन भएको तःमुंज्याको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । नेपाल भाषा साहित्य तःमुंज्याका केन्द्रीय समिति सचिव नरेश खत्रीले ४५ वर्षदेखि निरन्तर चल्दै आएको तमुंज्याले भाषा साहित्यलाई जीवन्त बनाउन बनाउन भूमिका खेल्दै आएको चर्चा गर्नुभयो ।रासस
