सोमबार,  मंसिर २३,  २०८२


राष्ट्रिय विभूति शङ्खधर साख्वाः दिवस ११४६ सम्पन्न

नगरकोट न्युज शुक्र, कार्तिक १५, २०८२ समाचार

03151


नगरकोट :- राष्ट्रिय विभूति शङ्खधर साख्वाः को राष्ट्रिय दिवस ११४६ आज सम्पन्न भएको छ । सङ्घीय सरकारले उहाँलाई राष्ट्रिय विभूति घोषणा गरेको दिनको सम्झनामा भक्तपुरमा आयोजित नेपाल सम्वतका प्रवर्तक एवं राष्ट्रिय विभूति साख्वाः को आज दिवस मनाइएको हो ।

राष्ट्रिय विभूति शङ्खधर साख्वाः प्रतिष्ठान भक्तपुरले आज वाग्मती प्रदेश सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयको सहकार्यमा मध्यपुरथिमिमा आयोजना गरेको दिवसमा सङ्घीय सरकारले विद्यालयतहका पठ्यपुस्तकमा शङ्खधर साख्वाःको बारेमा जानकारीमूलक समग्री समावेश गरेर आमजनतासमक्ष पुर्‍याउनुपर्नेमा जोड दिइएको छ ।

प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठले शङ्खधर साख्वाःको योगदान र नेपाल सम्वतका बारेमा पाठ्पुस्तकमा समावेश गरी आमजनता माझ यसको प्रचारप्रसार गर्नुपर्नेमा जोड दिनुभयो । यसबारे विद्यार्थीले अध्ययन गर्न जरुरी रहेको चर्चा गर्दै उहाँले सामाजिक सञ्जालमा आएका सबै सही नहुने भएकाले सही र गलत छुट्याएर अगाडि बढ्नुपर्ने बताउनुभयो । 

चालु आवमा प्रदेश सरकारले शङ्खधर साख्वाःको प्रचारप्रसार र संरक्षणका लागि रु एक करोड ५० लाख लगानी गरेको जनाउँदै उहाँले यसको प्रचारप्रसार र संरक्षणका लागि प्रदेश सरकार प्रतिष्ठानसँग सहकार्य गर्न तयार रहेको बताउनुभयो ।

कार्यक्रमका वक्ताहरूले शङ्खधर साख्वाःको योगदानको चर्चा गर्दै नेपाल सम्वतलाई व्यावहारिक रूपमा कार्यान्वयनमा ल्याउनुपर्ने बताउनुभयो । नेपाल सम्वत नेवार समुदायको मात्रै नभई सिङ्गो नेपालीको मौलिक सम्वत र पहिचान भएकाले यसको प्रचारप्रसारसँगै संरक्षणमा सबैले सहकार्य गर्नुपर्नेमा उहाँहरूले जोड दिनुभएको थियो ।रासस

Top