नगरकोट :- नगरकोट भ्रमण बर्ष २०८२ लक्षित स्वच्छ वायु लामो आयु बिषयक माध्यामिक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । “सरसफाइ नै सभ्यता हो, यहि भावना जगाऔं । सबै मिली चाँगुनारायणलाई स्वच्छ हराभरा बनाऔं । भन्ने नाराका साथ चाँगुनारायण नगरपालिका खानेपानी, सरसफाइ तथा स्वच्छता (WASH) शाखाको आयोजना तथा स्वच्छ हावा संजाल चाँगुनारायणको समन्वयमा मंगलबार उक्त प्रतियोगिता गरेको हो ।
चाँगुनारायण नगरपालिकाका २५ माध्यमिक विद्यालयको सहभागितामा सम्पन्न प्रतियोगितामा महेन्द्रग्राम मा.वि.का विद्यार्थी प्रथम – श्रीजला दुलाल, आरक्षण नेशनल एकेडमीका छात्रा जया दुलाल दोस्रो र तेस्रो फुलब्राइट ई. स्कुलका आकृति न्यौपाने हुनुभएको छ ।
स्पर्धामा प्रज्ञा ईंग्लिश स्कुलका छात्र अथर्व कुमार कार्कीले सान्त्वना पुरुस्कार प्राप्त गर्नुभएको छ । स्पर्धामा विजयी विद्यार्थीलाई एक समारोहबीच नगरपालिकाले पुरस्कृत गरेको आयोजक वास शाखा प्रमुख सुरेन्द्र लामिछानेले बताउनुभयो।
