नगरकोट :- आगामी शुक्रबार (जेठ ३० गते)देखि भक्तपुरको राधेराधेमा ‘फिस टनेल एक्स्पो २०८२’ सुरु हुने भएको छ । औद्योगिक शान्ति नेपाल संस्थाको आयोजनामा हुने यो एक्स्पो रोयल थाई हस्पिटालिटी नजिकै साउन १० गतेसम्म सञ्चालन हुनेछ ।
संस्थाका अध्यक्ष सन्दिप महतका अनुसार, यसपटकको एक्स्पोमा नेपालमै पहिलोपटक ‘सुनामी राइड’ परीक्षणका लागि ल्याइएको छ, जसले समुद्री सुनामीको अनुभूति दिलाउनेछ ।
एक्स्पोमा मुख्य आकर्षणको रुपमा रहेको फिस टनेलभित्र समुद्रमा पाइने १६० प्रजातिका माछा एउटै टनेलभित्र अवलोकन गर्न सकिने व्यवस्था गरिएको छ ।
त्यस्तै, रोटे पिङ, ड्रागन, कोलम्बसजस्ता रमाइला पिङहरू पनि राखिएका छन् ।
एक्स्पो हरेक दिन बिहान १० बजेदेखि साँझ ८ बजेसम्म सर्वसाधारणका लागि खुला रहनेछ ।रासस
