सोमबार,  फाल्गुन ४,  २०८२


राष्ट्रपति रनिङ्ग शिल्डमा गोल्ड मेडल प्राप्त गर्न सफल खेलाडीलाई सम्मान

नगरकोट न्युज मंगल, असार ३, २०८२ खेल

02796


नगरकोट :- चाँगुनारायण नगरपालिकाले राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा गोल्ड मेडल प्राप्त गर्न सफल खेलाडीलाई सम्मान गरेकोछ ।


भर्खरै सम्पन्न केन्द्रीय १५ओैं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा चाँगुनारायणको तर्फबाट सहभागि भई गोल्ड मेडल प्राप्त गर्न सफल खेलाडीलाई सम्मान गरेको हो ।


नगर प्रमुख जीवन खत्री र उपप्रमुख रमेश बुढाथोकीले खेलाडीहरुलाई टिका र खादा लगाई सम्मान गर्नुभयो ।


राष्ट्रपति रनिङ्ग शिल्डमा उसु खेलाडी रोशन थापा मगर, कबड्डी खेलाडी ज्ञानेन्द्र बुढा क्षेत्री र कृष्णराम श्रेष्ठले गोल्ड मेडल ल्याउन सफल हुनु भएको थियो ।


सो अवसरमा नगर प्रमुख खत्रीले खेलाडीहरुलाई बधाई ज्ञापन गर्नुहुँदै आगामी दिनमा हुने खेलमा यसै गरि अझ राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलमा सफलताका लागि शुभकामना प्रदान गर्नुभयो ।

Top