सुक्रबार,  श्रावण २९,  २०८३


स्वर्ण पदक विजेता भारती र खड्कालाई नगरपालिकाद्वारा सम्मान

नगरकोट न्युज शनि, सावन १८, २०८२ खेल

02918


नगरकोट :- अजरबैजानको राजधानी बाकुमा सम्पन्न विश्व बुदो मार्सल आट्र्स च्याम्पियनसिपमा दुई–दुई स्वर्ण पदक विजेता खेलाडीलाई चाँगुनारायण नगरपालिकाले सम्मान गरेको छ ।

चाँगुनारायण नगरपालिकाबाट प्रतिनिधित्व गर्दै बाकु गएका चाँगुनारायण नगरपालिका–७ का रोचक भारती र पूजा खड्काले दोहोरो स्वर्ण पदक विजेता बन्दै नगरपालिका र देशकै नाम राखेको भन्दै आज नगरपालिकाले सम्मान गरेको हो । पन्ध्र वर्षभन्दा कम उमेर समूहतर्फ खड्का र  भारतीले क्रमशः ४० किलो र ७० किलो तौल समूहमा प्रतिस्पर्धा गर्दै स्वर्ण पदक जितेका हुन् ।
    
नगरपालिकाका प्रमुख जीवन खत्रीले स्वर्ण पदक विजेता भारती र खड्कालाई चाँगुनारायण नगरपालिकासँगै देशकै नाम उच्च राख्न सफल भएको भन्दै सम्मान गर्नुभएको हो । नगरप्रमुख खत्रीले भन्नुभयो, “नगरपालिकाले खेलकुदलाई पनि उच्च प्राथमिकतामा राखेर खेलाडीहरु उत्पादन गरिरहेको छ । हरेक दिन नगरपालिकाले खेल प्रशिक्षकद्वारा विभिन्न खेलमा प्रशिक्षण दिँदै आएको छ । विद्यालयस्तरमा समेत खेलाडी उत्पादन गर्न नगरपालिकाले सहयोग गर्दै आएको छ ।”रासस

Top