सोमबार,  जेठ ११,  २०८३


चाँगुनारायणमा चोरी

नगरकोट न्युज शुक्र, बैशाख २५, २०८३ समाचार

03326


नगरकोट :- भक्तपुरको चाँगुनारायण नगरपालिका–४ प्रगतिटोलस्थित एक घरबाट सुनका विभिन्न गरगहना र नगद गरी रु २५ लाख ७७ हजार बराबरको धनमाल चोरी भएको छ । 

सो घरमा डेरा गरी बस्ने सन्ध्या तामाङ, जगमाया फुँयाल, जय तामाङ र आनन्द कुमारको कोठाबाट उक्त मूल्य बराबरको धनमाल गएराति चोरी भएको केन्द्रीय प्रहरी समाचार कक्षले आज जनाएको छ । चोरीमा संलग्न व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।रासस

Top