आईतबार,  मंसिर २२,  २०८२


जेनजी प्रदर्शनमा बैंकको एटिएम तोडफोड गर्ने पक्राउ

नगरकोट न्युज बुध, मंसिर ११, २०८२ समाचार

03193
नगरकोट :- गत भदौ २३ र २४ मा भएको जेन–जी प्रदर्शनका क्रममा बैंकको एटिएम तोडफोड गरेको अभियोगमा भक्तपुर प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक बलेफी गाँउपालिका वडा नं। ८ घर भई हाल भक्तपुरको मध्यपुर थिमि नगरपालिका–७ नगदेश बस्ने २९ वर्षिय बुद्धिमान तामाङ रहेका छन ।
उनलाई प्रहरीले गत आइतवार पक्राउ गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्हरी नायव उपरीक्षक ९डिएसपी० प्रकाश जबेगुले जानकारी दिनुभयो । उहाँका अनुसार पक्राउ परेका तामाङले गत भदौ २४ गते राष्ट्रिय वाणिज्य बैंक पुरानो थिमि शाखा नगदेशको एटिएम तोडफोड गरेका थिए । डिएसपी जवेगुले सो सम्बन्धमा थप अनुसन्धान भइरहको बताउनुभयो ।
Top