आईतबार,  मंसिर २२,  २०८२


भक्तपुरमा योमरी उत्सव तथा खाना महोत्सव सम्पन्न

नगरकोट न्युज आईत, मंसिर २२, २०८२ समाचार


नगरकोट :- भक्तपुर नगरपालिकाले  योमरी उत्सव, खाना महोत्सव, स्थानीय उत्पादनको प्रर्दशनी एवं सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ । 

भक्तपुरको सूर्यमढीबाट नगरप्रमुख सुनिल प्रजापतिले शुभारम्भ गर्नुभएको योमरीका विभिन्न परिकारसहितको सांस्कृतिक ¥यालीले नगरका विभिन्न क्षेत्र परिक्रमा गरी दत्तात्रयमा आएर महोत्सवमा परिणत भएको थियो । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँेले उद्घाटन गर्नुभएको एकदिने महोत्सवमा स्थानीय परिकारको स्वाद लिन स्वदेशी तथा विदेशी पर्यटकको भीड लागेको थियो । 

कार्यक्रममा अध्यक्ष बिजुक्छेँले भक्तपुर नगरपालिका आफैँमा ऐतिहासिक, सांस्कृतिक र धार्मिक महत्त्व बोकेको सहर रहेको बताउदै यहाँको इतिहास, सम्पदा, सांस्कृतिक नाचलगायतले पर्यटकलाई आकर्षित गरिरहेको उल्लेख गर्नुभयो । 

नगरप्रमुख प्रजापतिले कला, संस्कृति, सम्पदा र परिकारलाई जाडेर पर्यटकलाई आकर्षित गर्न नगरपालिकाले यस प्रकारको कार्यक्रम आयोजना गरेको बताउनुभयो । यसले स्थानीय परिकार, कला, संस्कृतिको पहिचान बढाउन र व्यावसायिक रूपमा यहाँका  परिकारको प्रवर्द्धन गर्न टेवा पुग्ने उहाँको भनाइ थियो । 

महोत्सवमा सहभागि हुन उपत्यकाका विभिन्न जिल्ला र विभिन्न ठाउँबाट आन्तरिक पर्यटककोसमेत घुइँचो लागेको थियो । नगरपालिकाले दत्तात्रयलगायत स्थानमा यामरी प्रर्दशनी, सल्ला गणेश, क्वाठण्डौँ, सूर्यमढी, जेलाँलगायत स्थानमा खाना महोत्सव तथा स्थानीय उत्पादनको प्रर्दशनी गरिएको छ । त्यस अवसरमा योमरी, बारा, चटामरी, जुजु धौ, मःमःलगायत विभिन्न स्थानीय परिकारको राखिएका थिए ।रासस

Top