नगरकोट :- नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेँ ‘राहित’द्वारा लिखित १०० वर्षपछिको भक्तपुर पुस्तकको तेस्रो संस्करण आज सार्वजनिक गरिएको छ ।
भक्तपुर नगरपालिकाले आज आयोजना गरेको सय वर्षपछिको भक्तपुर पुस्तकको तेस्रो संस्करण सार्वजनिक कार्यक्रममा अध्यक्ष बिजुक्छेँसहित विभिन्न व्यक्तिहरूले संयुक्त रूपमा सार्वजनिक गर्नुभएको हो । कार्यक्रममा बिजुक्छेँले १०० वर्षपछिको भक्तपुरको परिकल्पनालाई साकार पार्न पुस्तक उपयोगी हुने बताउँदै पहिलो र दोस्रो संस्करण प्रकाशित भएपछि पाठकको रुचि र मागअनुसार तेस्रो संस्करण ल्याएको बताउनुभयो ।
कुल २४४ पृष्ठको उक्त पुस्तकमा लेखक बिजुक्छेँले लेख्नुभएका लेखहरूको सङ्ग्रह सङ्कलित छ । नेपालको कला र संस्कृतिको अध्ययनका लागि आवश्यक पृष्ठभूमि पुस्तकमा चर्चा गरिएको छ ।
रासस