सोमबार,  मंसिर २,  २०८२


चाँगुनारायणका खेल प्रशिक्षकहरूलाई प्राथमिक उपचार सामाग्री वितरण 

नगरकोट न्युज शुक्र, कार्तिक १५, २०८२ खेल

03150


नगरकोट :- चाँगुनारायण नगरपालिकाले  नगरभित्रका खेल प्रशिक्षकहरूलाई प्राथमिक उपचार सामग्री वितरण गरेको छ। खेलकुदका क्रममा हुन सक्ने आकस्मिक दुर्घटना वा चोटपटकमा तत्काल सहयोग पुग्ने उद्देश्यले करिब एक लाख रुपैयाँ मूल्य बराबरका प्राथमिक उपचार सामग्रीहरू वितरण गरिएको हो।

नगरपालिकामा आयोजित एक कार्यक्रमका विच नगर प्रमुख जीवन खत्रीले प्राथमिक उपचार सामग्रीहरू खेल प्रशिक्षकहरूलाई हस्तान्तरण गर्नुभयो। उहाँले खेलकुद प्रतिभा विकासमा नगरपालिका सक्रिय रूपमा लागिपरेको बताउँदै, खेलकुद क्षेत्रलाई सबल र सुरक्षित बनाउन यस्ता पहलहरू अत्यन्त आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।

नगर प्रमुख खत्रीले खेलाडी उत्पादन, तालीम र खेलकुद संरचना विकासमा नगरपालिकाको निरन्तर लगानी भइरहेको उल्लेख गर्दै खेलकुदलाई सामाजिक एकता र युवाको नेतृत्व विकाससँग जोड्ने प्रतिवद्धता व्यक्त गर्नुभयो।


सो अवसरमा प्रमुख प्रशासकीय अधिकृत मोहन कुमार श्रेष्ठ र नगर खेलकुद विकास समितिका संयोजक रघु केसीलगायतको उपस्थितिमा सामग्री वितरण गरिएको थियो।

Nagarkot Visit year

ताजा अपडेट


Changunarayan
Top