मंगलबार,  फाल्गुन १९,  २०८२


सूर्यविनायक नगरपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि अरनिको माविलाई

नगरकोट न्युज सोम, माघ २०, २०८२ खेल

03219

नगरकोट :- सूर्यविनायक नगरपालिकास्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८२ को उपाधि अरनिको माध्यमिक विद्यालय दधिकोटले जितेको छ । अरनिको माविले २५ स्वर्ण, १२ रजत र ११ कास्य गरी कुल ४८ पदक प्राप्त गर्दै प्रतियोगिताको उपाधि जित्न सफल भएको हो। 

त्यस्तै, कुलमाया भगवती माध्यमिक विद्यालयले ८ स्वर्ण, ३ रजत र ४ कास्य गरी कुल १५ पदकसहित दोस्रो स्थान हासिल गर्‍यो । तयसैगरी मिड–भ्याली सेकेन्डरी स्कुलले ६ स्वर्ण, ५ रजत र ४ कास्य गरी कुल १५ पदक प्राप्त गर्दै तेस्रो स्थान हात पारेको छ । 

तीन दिनसम्म सञ्चालित प्रतियोगितामा सामुदायिक तथा संस्थागत गरी ३५ वटा विद्यालयका ८९६ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा एथलेटिक्स, भलिबल, तेक्वान्दो, कबड्डी, उसु र कराते गरी कुल ६ खेल  समावेश गरिएको थियो । विजयी विद्यालय तथा खेलाडीलाई सुर्यविनायक नगरपालिकाका नगर प्रमुख बासुदेव थापाले नगद पुरस्कार, शिल्ड, पदक र प्रमाणपत्र वितरण गरे । 

विजयी खेलाडी तथा विद्यालयलाई बधाई ज्ञापन गर्दै नगर प्रमुख थापाले आगामी जिल्ला तथा प्रदेशस्तरीय प्रतियोगितामा पनि सूर्यविनायक नगरपालिकाले अझ उत्कृष्ट खेल प्रदर्शन गर्ने विश्वास व्यक्त गरे । सोहि अवसरमा प्रतियोगितामा विधागत रूपमा उत्कृष्ट छात्र–छात्रालाई पनि सम्मान गरिएको थियो। 

45cd2991-7a64-4823-8d96-16d1d3cf2f2c.jfif

त्यसरी सम्मानीत हुनेमा करातेमा मिड–भ्यालीका छात्र कृजेन श्रेष्ठ र  अरनिको माध्यमिक विद्यालयकी छात्रा
राधिका खत्री रहेकी थिइन । त्यस्तै उसुमा मोडल जनता स्कुलका छात्र रेमन ठाडा मगर र  अरनिको माध्यमिक विद्यालयकी छात्रा रिना खड्का उत्कृष्ट खेलाडी घोषित हुँदै सम्मानीत भए । 

त्यसैगरी तेक्वान्दोमा  क्यान्डिड करियर स्कुलका छात्र सुहान थापा मगर र माउन्ट एभेरेन्टकी छात्रा जेनी जोशी उत्कृष्ट खेलाडी घोषित भए ।  भलिबलमा अरनिको माध्यमिक विद्यालयका छात्र विराज श्रेष्ठ र सोही विद्यालयकी छात्रा जुना श्रेष्ठ उत्कृष्ट घोषित हुँदै सम्मानीत भए । 

त्यस्तैगरी कबड्डीमा  मिड–भ्याली स्कुलका छात्र नृजल प्रजापति र छात्रातर्फ सृजना राउत उत्कृष्ट खेलाडी घोषित भए । त्यस्तै एथलेटिक्समा अरनिको माध्यमिक विद्यालयका छात्र सुवास बुढाथोकी र छात्रातर्फ कुलमाया भगवती माध्यमिक विद्यालयकी शिवमाया श्रेष्ठ उत्कृष्ट खेलाडी घोषित हुदै सम्मानीत भए । 

प्रतियोगिता अन्तरगत यस वर्षदेखि शुरू भएको  स्काउट मार्चपासमा सहभागी समूहको मूल्यांकनमा मनोरम ई–स्कुल प्रथम, ईडेन गार्डेन ई–स्कुल द्वितीय र ज्योति माध्यमिक विद्यालय तृतीय हुंदै पुरस्कार हात पारे । प्रथम हुने विद्यालयलाई ८ हजार, द्वितीयलाई ५ हजार र तृतीयलाई ३ हजार रुपैयाँ नगदसहित सम्मान गरिएको सुर्यविनायक खेलकुद विकास समितिका सदस्य सचिव दिपक थापाले बताए ।

सामाजीक विकास समितिका संयोजक तथा नगर प्रवक्ता रविन्द्र सापकोटाको सभापतीत्वमा सम्पन्न कार्यक्रममा उपप्रमुख सरिता तिमल्सिना भट्टराई, वडा नं। २ का वडाध्यक्ष प्रदीप कार्की र नगर खेलकुद विकास समितिका सदस्य सचिव दीपक थापाले पनि मन्तब्य व्यक्त गरेका थिए ।

समापन तथा पुरस्कार बितरण कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्य, वडा नं १ का वडाध्यक्ष सानुकाजी कायस्थ, वडा नं ४ का वडाध्यक्ष लछुराम न्यौपाने, वडा नं ६ का वडाध्यक्ष ईश्वर खडका, वडा नंं ८ का वडाध्यक्ष पुष्पराज बस्नेत, ९ का वडाध्यक्ष भगवान खत्री लगायतको उपस्थिति रहेको थियो । 

Top