बिहीबार,  फाल्गुन २८,  २०८२


युवा उद्यमी उपसमिति गठन

नगरकोट न्युज मंगल, फागुन २६, २०८२ समाचार

03237


नगरकोट :- भक्तपुर उद्योग वाणिज्य संघ अन्तर्गत जिल्लाका युवा उद्यमीहरू सम्मिलित युवा उद्यमी उपसमिति मंगलबार गठन गरिएको छ । 
संघका कार्यसमिति सदस्य एवं युवा उद्यमी कृतन अवालको संयोजकत्व एवं शिशिर किसीको सहसंयोजकत्वमा २० सदस्यीय उपसमिति एक कार्यक्रमका बीच घोषणा गरिएको हो । 


उपसमितिको सदस्यहरूमा बिजोन त्वानाबासू, युगल राजभण्डारी, सलिन अवाल, निरज जंग, शैलेश न्यौपाने, रोमित माकजू, विशाल जंग मल्ल, रोहित मानन्धर सन्नी वैद्य रहेका छन् । यसैगरी सदस्यहरुमा सचिन राजवाहक, आयुष त्वानाबासू, अस्मिता श्रेष्ठ, विशाल प्रजापति, सुशान्त सुवाल, मुस्कान मानन्धर, सुजित दुवाल, निश्कर्ष घिमिरे र शिरिष माकजू श्रेष्ठ रहनु भएको छ । 


कार्यक्रममा संघका अध्यक्ष कृष्णमुरारी न्यौपानेले नवगठित युवा उद्यमी उपसमिति जिल्लाका नवउद्यमीहरूको लागि प्रेरणाको स्रोत बन्नुपर्नेमा जोड दिनुभयो । संघका वैधानिक उद्देश्य तथा लक्ष्यहरू प्राप्तिका लागि उपसमितिमा आबद्ध युवा उद्यमीहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्दै उनले युवा उद्यमशीलता प्रवद्र्धन तथा विभिन्न व्यवसायिक गतिविधिमा संलग्न युवाहरूबीच सहकार्य गरी अगाडि बढ्ने उपसमितिको मुख्य उद्देश्य हुनुपर्ने बताउनुभयो । 
नवगठित युवा उद्यमी उपसमितिका संयोजक अवालले युवाहरूको बढ्दो विदेश पलायनप्रति चिन्ता व्यक्त गर्दै देशमै व्यवसाय गरी आर्थिक उत्थान गर्न प्रेरित गर्ने आफूहरूको प्रमुख उद्देश्य रहेको बताउनुभयो । देशमा विभिन्न व्यवसायको प्रशस्त सम्भावना रहेको भए पनि बजारको यथार्थ अनुसन्धान बिना व्यवसाय गर्नाले कयौं उद्यमी व्यवसायीहरू स्थापित हुन नसकी पलायन हुनुपर्ने अवस्थामा रहेको उहाँको भनाइ छ । उहाँले भक्तपुर उद्योग वाणिज्य संघको विशेष सहयोगमा जिल्लामा बिजनेस इक्युबेसन सेन्टर स्थापना गरी नवउद्यमीहरूलाई व्यवसाय प्रवद्र्धनका लागि सहयोग गर्ने तथा आवश्यक परामर्श दिने उद्देश्यका साथ उपसमितिमार्फत काम गर्ने आफूहरूको सोच रहेको उहाँले बताउनुभयो । 


कार्यक्रममा संघका पूर्वअध्यक्ष एवं सल्लाहकार शिवप्रसाद मानन्धर, वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद प्रजापतिलगायतले व्यवसाय सञ्चालनको क्रममा विभिन्न समस्या आउने हुँदा हतोत्साही नभई निरन्तर अगाडि बढेमा अवश्यक सफलता प्राप्त हुने बताउनुभयो । युवा उद्यमीहरूले नयाँ व्यवसायिक योजनाको स्पष्ट खाका तयार गरी ल्याएमा आफूहरुले लगानीको वातावरण तयार गर्ने उहाँहरूको भनाइ छ । 

Top