सोमबार,  चैत २३,  २०८२


कांग्रेस सभापति गगन थापाद्वारा राजीनामा

नगरकोट न्युज बिही, चैत ५, २०८२ राजनीति

03247


नगरकोट :- गगन थापाले नेपाली कांग्रेसको सभापति पदबाट राजीनामा दिनुभएको छ । गत प्रतिनिधिसभा निर्वाचन २०७९ मा पराजित भएपछि उहाँले बुधबार उपसभापति विश्वप्रकाश शर्मा समक्ष राजीनामा बुझाउनुभएको हो ।

यसअघि काठमाडौं–४ बाट निर्वाचित हुँदै आउनुभएका थापा यसपटक सर्लाही–४ बाट उम्मेदवार बन्नुभएको थियो। उक्त क्षेत्रमा उहाँलाई अमरेशकुमार सिंहले पराजित गर्नुभएको थियो ।

निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले उल्लेखनीय सफलता हासिल गर्दै झन्डै दुई तिहाइ सिट जित्दा नेपाली कांग्रेस दोस्रो स्थानमा सीमित भएको छ । कांग्रेसले प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० गरी कुल ३८ सिट मात्रै प्राप्त गरेको छ ।

चुनावी परिणाम सार्वजनिक भएसँगै थापाले राजीनामाको तयारी गर्नुभएको थियो । यद्यपि पार्टीभित्रका विभिन्न तहका नेताहरूले उहाँलाई निर्णय पुनर्विचार गर्न सुझाव दिँदै आएका थिए ।

निर्वाचनअघि सम्पन्न विशेष महाधिवेशनबाट सर्वसम्मत रूपमा सभापतिमा निर्वाचित हुनुभएको थियो । उहाँले बुझाएको राजीनामाबारे अब पार्टीको केन्द्रीय कार्यसमिति बैठकले निर्णय गर्नेछ, जसका लागि शुक्रबार बैठक बोलाइएको छ ।

Top