नगरकोट :- चाँगुनारायण नगरपालिका वडा नंं ५ को आयोजनामा जुत्ता बनाउने एड्भान्स तालिम सम्पन्न भएको छ ।
उपप्रमुखसँग उद्यमशीलता कार्यक्रम अन्तर्गत २० दिने जुत्ता बनाउने एड्भान्स तालिम सम्पन्न भएको हो । पिखेल सामुदायिक भवनमा बुधबार एक कार्यक्रमका विच तालिमको समापन गर्दै सहभागिहरुलाई नगर उपप्रमुख रमेश बुढाथोकी र वडा नंं ५ का वडाध्यक्ष जयन्द्र खडकाले प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।
.jpg)
सो अवसरमा उपप्रमुख बुढाथोकीले नगरपालिकाले महिलाहरुलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गर्दै आइरहेको बताउनुभयो । उहाँले सिकेको सीपलाई व्यवहारमा लागु गरेर स्वरोजगार बन्न सहभागिलाई आग्रह गर्नुभयो ।
वडाध्यक्ष खडकाले वडा कार्यालयले विकास निर्माणका साथसाथै महिला लक्षित विभिन्न खालका कार्यक्रम सञ्चालन गर्दै आइरहेको जानकारी दिनुभयो ।
आफ्नो पछिल्लो आठ वर्षे कार्यकालमा वडामा विकास निर्माणमा फड्को मार्न सफल भएको बताउनुहुँदै वडाले स्थानीय स्तरमै स्वरोजगार बनाउने जस्ता विभिन्न खालका मानवीय विकासमा पनि जोड दिर्दै आएको बताउनुभयो ।
.jpg)
कार्यक्रम संयोजक तथा कार्यपालिका सदस्य समेत रहनु भएको निर्मला (निरु) केसीले महिलाहरुको माग अनुसार मखमलको जुक्ता बनाउने एड्भान्स तालिम प्रदान गरिएको बताउनुभयो ।
केसीले ४५ जना सहभागि तालिममा अत्यन्तै उत्साहका साथ महिलाहरु सहभागि भई तालिम लिएको बताउनुभयो । तालिम दुई समूहमा गरि विभाजन गरेर दिइएको थियो । प्रशिक्षकहरु दुर्गा प्रजापति र तुलसा खनालले तालिम प्रदान गर्नु भएको थियो ।
