नगरकोट :- चाँगुनारायण नगरपालिकाले बुधबार रक्तदान कार्यक्रमको आयोजना गरेको छ । उपत्यकामा देखिएको रगतको चरम अभावलाई मध्यनजर गर्दै नगरपालिकाले रक्तदान कार्यक्रमको आयोजना गरेको हो । रक्तदान कार्यक्रममा नगरपालिकाका प्रमुख जीवन खत्रीले रक्तदान गरी शुभारम्भ गर्नुभएको थियो ।
कार्यक्रममा नगर प्रमुखसँगै जनप्रतिनिधिहरु, बिभिन्न शाखाका कर्मचारहरू, नगर प्रहरी, स्वास्थ्यकर्मी, नगरपालिकाका स्थानीय बासिन्दालगायतले रक्तदान गर्नु भएको हो ।
रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाले प्राविधिक सहयोग गरेको थियो ।
