शनिबार,  माघ ४,  २०८२


चाँगुनारायणका गृहिणीहरूलाई ग्याँस चुलो मर्मत तालिम 

नगरकोट न्युज बुध, सावन १, २०८२ स्थानिय समाचार

02855


नगरकोट :- चाँगुनारायण नगरपालिका वडा नं ४ चापाख्वालका गृहिणीलाई ग्याँस चुल्हो मर्मत तालिम प्रदान गरिएको छ । 
चाँगुनारायण सामुदायीक सिकाई केन्द्रको आयोजनामा दुई दिने ग्याँसचुलो र्ममत तथा विपद् जोखिम व्यवस्थापन तालिममा सञ्चालन गरिएको हो । चापाख्वालमा सम्पन्न तालिममा गृहणि र स्थानिय गरी २७ जना सहभागिता रहेको थियो । कार्यक्रममा घरमा खाना पकाउन प्रयोग गरीने ग्याँसबाट हुनसक्ने आगलागी र त्यसको नियन्त्रण तथा घरमा प्रयोग गर्ने भान्साको ग्याँसको चुलोमा आउने समस्याहरु र त्यसको र्ममत गर्ने तरीका बारेमा छलफल तथा प्रयोगात्मक कक्षाहरू  गरिएको थियो । 


कार्यक्रममा विपद् जोखिम व्यवस्थापन सम्बन्धी बिषय बस्तुका बारेमा समेत छलफल गरिएको थियो । कार्यक्रममा गंगाराम रञ्जितकार,  राजकुमार लम्साल तथा दिवाकर पौडेलले सहजिकरण गर्नु भएको थियो । 
ग्याँस लिक भएर तथा विभिन्न कारणबाट हुने आगलागीलाई रोकथाम गर्न तालिमम उपयोगी भएको संस्थाका अध्यक्ष तथा प्रशिक्षक पौडेलले जानकारी दिनुभयो । 


तालिमका सहभागिहरूले आगलागीको जोखिमको बारेमा जानकारी मात्रै नभएर तालिम लिनु भन्दा पहिले विभिन्न खाल्का व्यक्तिहरुवाट ठगिने गरेकोमा पनि आफै चुल्हो मर्मत गर्न सक्ने भएकोमा खुशी व्यक्त गर्नुभयो ।  
आगामि दिनमा पनि चाँगुनारायण नगरपालिका वडा नं ४ का विभिन्न स्थानमा गर्ने तालिम आयोजना गर्ने चाँगुनारायण सामुदायीक सिकाई केन्द्रले जनाएको छ ।

Top