सोमबार,  मंसिर २,  २०८२


‘चाँगुनारायण नगर कप फुटबल –२०८२’ प्रतियोगिताको तयारी पुरा

नगरकोट न्युज मंगल, असोज २१, २०८२ खेल

03113


नगरकोट :- नगरकोट भ्रमण वर्ष–२०८२ को अवसरमा चाँगुनारायण नगरपालिका वडा नं. –६ नगरकोट पिपलबोटस्थित माउण्ट एभरेष्ट खेल मैदानमा यही असोज २२ गते बुधबारदेखि सुरु हुने ‘चाँगुनारायण नगर कप–२०८२’ फुटवल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ ।

“स्वास्थ्यको लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ चाँगुनारायण नगरपालिकाको सहयोग एवं नगर खेलकुद विकास समितिको समन्वय र सहकार्यमा माउण्ट एभरेष्ट युथ क्लब नगरकोटले आयोजना गरेको प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको नगर खेलकुद विकास समितिका संयोजक रघु केसीले बताउनुभयो ।
 नगरपालिका क्षेत्र भित्र खेलकुदको विकास गर्ने र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्धेश्यका साथ नगरपालिकाले खेलकुदका बिभिन्न प्रशिक्षण र प्रतियोगिता सञ्चालन गर्दै आएकोमा भ्रमण वर्षको अवसर पारेर चाँगुनारायण नगर कपको आयोजना गरेको उहाँले बताउनुभयो ।


चाँगुनारायण नगरपालिकाका वडा नं. ६ का वडाध्यक्ष धनबहादुर लामाले प्रतियोगितामा नगरका विभिन्न युवा समूह र फुटबल क्लबहरूको उत्साहजनक सहभागिता रहने बताउँदै प्रतियोगिताको तयारी पुरा भएको जानकारी दिनुभयो ।

प्रतियोगितामा १२ वटा सिनियर टिम र ६ वटा जुनियर टिमले सहभागिता जनाउने भएका छन् भने आइतबारसम्म प्रतियोगितामा सहभागिता जनाउन टिम वा क्लबले नाम दर्ता गराउन सक्ने आयोजकले जानकारी दिएको छ । असोज २२ गतेबाट सुरु हुने प्रतियोगिता कात्तिक २ गते सम्पन्न हुनेछ । चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले प्रतियोगिताको उद्घाटन तथा समापनमा पुरस्कार वितरण गर्नु हुने कार्यक्रम रहेकोछ ।

Nagarkot Visit year

ताजा अपडेट


Changunarayan
Top