नगरकोट :- चाँगुनारायण नगरपालिकास्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ। चाँगुनारायण नगरपालिका शिक्षा शाखाको आयोजनामा नगरस्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा सरस्वती माध्यामिक विद्यालय प्रथम भएको छ । यस्तै नवीन ई.स्कुल द्वितीय र फुलब्राईट स्कुल तृतीय भएका छन् ।
प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरुलाई नगरउपप्रमुख रमेश बुढाथोकीले पुरस्कार वितरण गर्नुभएको थियो । प्रतियोगितामा वडा नं १ देखि ९ का विद्यार्थीहरूको सहभागिता रहेको थियो ।
वडा अनुसार क्षेत्रस्तरीयमा वडा नं १, २ र ३ मा प्रथम नवीन ई.स्कुल, द्वितीय फुलब्राईट स्कुल र तृतीय प्रज्ञा ई.स्कुल रहेका छन्।
वडा नं ४, ५ र ६ मा दीप सरस्वती ई.स्कुल पहिलो, क्वालिटी ई.स्कुल दोस्रो र गणेश माध्यमिक विद्यालय–५ तृतीय भएका छन्। वडा नं ७, ८ र ९ मा आरक्षण नेशनल एकेडेमी पहिलो, सरस्वती माध्यमिक विद्यालय दोस्रो र पारिजात विद्या कुञ्ज तृतीय भएका छन्।
