मंगलबार,  फाल्गुन १९,  २०८२


डा राजेन्द्र कोजुका ‘निर्भिक आवाजहरू’ सार्वजनिक

नगरकोट न्युज शुक्र, माघ १०, २०८२ शिक्षा

03206
नगरकोट :- डा राजेन्द्र कोजुको कृति ‘निर्भिक आवाजहरू’ आज सार्वजनिक गरिएको छ । 
    
बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापामगर, अर्थ–राजनीतिक विश्लेषक प्रा डा गोपीलाल न्यौपाने, त्रिचन्द्र कलेजका प्राध्यापक प्रा डा सुमन ढकाल, मानवशास्त्री रम्भा शर्मा र बालविकास विज्ञ सानु अमात्यले आज संयुक्त रुपमा उक्त पुस्तकको लोकार्पण गर्नुभएको हो । 
    
सामयिक राजनीति, समाज, शिक्षा र मानव अधिकारका विषयमा लेखिएका लेखहरूको सङ्ग्रह आज यहाँ लोकार्पण गरिएको हो । उक्त पुस्तक राजनीतिक विश्लेषक, कवि, शिक्षाकर्मी, मानवअधिकारकर्मी तथा लेखक कोजुले विसं २०७२ देखि २०८२ सम्म विभिन्न कालखण्डमा लेखेका विचारोत्तेजक लेखको सङ्ग्रह रहेको कार्यक्रममा जानकारी दिइयो  ।  
    
सो पुस्तक रोम्बस सेकेण्डरी स्कूलले प्रकाशन गरेको हो । पुस्तकमा समावेश लेखमा सत्ता, नागरिक चेतना, लोकतन्त्र, शिक्षा र सामाजिक उत्तरदायित्वका विषयलाई निर्भिक रूपमा खोतलिएको लेखक डा कोजुले जानकारी दिनुभयो ।
Top