सोमबार,  भदौ ८,  २०८३


सिक्री लुटेरामाथि गोली प्रहार गरी नियन्त्रणमा

नगरकोट न्युज आईत, सावन १७, २०८३ समाचार

03398


नगरकोट :-  काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–१३ चुनिखेलबाट सिक्री लुटपाट गरी फरार रहेका कर्मा तामाङलाई प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार साउन १६ गते राति १०ः२५ बजे तामाङलाई पक्राउ गर्न खोज्दा उनले साथमा रहेको खुकुरी निकालेर खटिएका प्रहरीमाथि आक्रमण गर्ने प्रयास गरेका थिए। उनलाई नियन्त्रणमा लिन तीन राउण्ड गोली चलाउनु परेको प्रहरीले जनाएको छ । 

गोली लागेर घाइते भएका तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनको साथबाट लुटपाट र आक्रमणमा प्रयोग गरिएको खुकुरीसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।

घाइते तामाङको अहिले काठमाडौंस्थित ट्रमा सेन्टरमा प्रहरीको निगरानीमा उपचार भइरहेको छ।

Top