आईतबार,  चैत २२,  २०८२


भक्तपुरमा बर्ड फ्लु पुष्टिस् कागमा H9 भेरियन्ट फेला

नगरकोट न्युज शनि, चैत २१, २०८२ समाचार

03278


नगरकोट :- भक्तपुर नगरपालिका वडा नं. ८ को महेश्वरी पीठ क्षेत्रमा मृत अवस्थामा भेटिएका कागहरूको परीक्षण गर्दा बर्ड फ्लुको H9 भेरियन्ट पुष्टि भएको छ।

परीक्षणका लागि पठाइएको नमुनामा उक्त भाइरस देखिएपछि भक्तपुर नगरपालिकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । बर्ड फ्लु कुखुरा तथा अन्य पन्छीमा सजिलै सर्ने भएकाले विशेष सावधानी आवश्यक रहेको जनाइएको छ।

संक्रमित पन्छीसँग प्रत्यक्ष सम्पर्क, पन्छीजन्य पदार्थको ओसारपसार तथा दाना–पानीमार्फत रोग फैलन सक्ने भएकाले किसान तथा व्यवसायीलाई सतर्क रहन अनुरोध गरिएको छ।

साथै, वरपर कुनै पन्छी मृत अवस्थामा भेटिएमा तुरुन्तै नगरपालिकालाई जानकारी गराउन र उचित व्यवस्थापन गर्न आग्रह गरिएको छ।

 

Top