नगरकोट :- जिल्ला प्रहरी परिसर भक्तपुरले सञ्चालन गरेको स्वीप अपरेसनमा आइतबार ३० जनालाई विभिन्न स्थानबाट पक्राउ गरिएको छ ।
प्रहरी परिसर प्रमुख सूर्यबहादुर खड्काले भन्नुभयो, “स्वीप अप्रेसनमा आइतबार ३० जना पक्राउ ग–यौँ, शनिबार ६० जना पक्राउ गरेका थियौँ । पक्राउ परेका सबैलाई हिरासतमा राखेर अनुसन्धान सुरु गरेका छौँ ।”
उहाँले विभिन्न घट्नमा संलग्न रहेको आधारमा धेरै व्यक्ति पक्राउ गरेको जानकारी दिँदै स्वीप अप्रेसन जारी राखेको बताउनुभयो । सार्वजनिकस्थलमा शान्ति सुरक्षा भङ्ग गर्ने खालका क्रियाकलाप गर्ने, शंकास्पद गतिविधि गर्ने, लागूपदार्थ सेवन गर्ने, विभिन्न स्थानमा समूहमा बसेर गलत गतिविधि र होहल्ला गर्ने जस्ता गतिविधि गर्नेलाई पक्राउ गरिएको उहाँले जानकारी दिनुभयो । रासस
