आईतबार,  जेठ १७,  २०८३


जिल्ला समन्वय समितिका प्रमुखको निधन

नगरकोट न्युज मंगल, जेठ १२, २०८३ समाचार

03341


नगरकोट :- जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख ईश्वर थापाको  निधन भएको छ । 

शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत रहेका थापाको ६५ वर्षको उमेरमा निधन भएको हो । सूर्यविनायक नगरपालिका–७ निवासी थापा विगत दुई सातादेखि मुटु तथा उच्च रक्तचापसम्बन्धी समस्याका कारण उपचाररत रहनुभएको थियो ।

 उहाँ रेडियो नेपालको सेवा निवृत्त पत्रकारसमेत हुनुहुन्छ । उहाँका एक छोरा, तीन छोरी र श्रीमती हुनुहुन्छ । 

Top