शनिबार,  जेठ ३०,  २०८३


रास्पवा भक्तपुरमा बस्नेत निर्वाचित

नगरकोट न्युज आईत, जेठ २४, २०८३ राजनीति

03350


नगरकोट :- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भक्तपुरको प्रथम जिल्ला अधिवेशनले रामेश्वर बस्नेतको सभापतित्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।

शनिवार सम्पन्न अधिवेशनले जिल्ला सभापतिमा बस्नेत र  उपसभापतिमा स्मृति भट्टराईलाई निर्विरोध निर्वाचित गरेको हो।  यस्तै पार्टीको सचिवमा सञ्जीव प्रजापति र सहसचिवमा रामकृष्ण देउजा निर्वाचित हुुनुभएको छ ।

यस्तै सदस्यहरूमा राजु थापा, कृष्णप्रसाद घिमिरे, रामकृष्ण खनाल र महिला सदस्यमा प्रेरणा देसार निर्वाचित हुनुभएको जिल्ला सचिव एवं क्षेत्र नं १ का सांसद रुकेश रञ्जितले जानकारी दिनुभयो ।  

Top