आईतबार,  श्रावण १०,  २०८३


रास्वपाको सभापतिमा लामिछाने निर्विरोध

नगरकोट न्युज बुध, असार १०, २०८३ राजनीति

03362


नगरकोट :- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को  सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित हुनुभएको छ । 

चितवनमा जारी प्रथम महाधिवेशनमा सभापति पदका लागि लामिछानेको मात्रै उम्मेदवारी परेपछि उहाँ निर्विरोध निर्वाचित भएको घोषणा गरिएको रास्वपा केन्द्रीय निर्वाचन आयोग प्रमुख भुवन केसीले जानकारी दिनुभयो । 

उहाँका अनुसार अहिले केन्द्रीय समिति सदस्यका लागि उम्मेदवारी दर्ता राति १२ बजेसम्म भएको थियो भने अहिले बिहान ८ बजेदेखि मतदान सुरु हुनेछ । चार हजार ५०० भन्दा बढी मतदातालाई मतदान गर्न आठ घण्टा लाग्ने अनुमान गरिएको छ ।राससरासस

Top