शनिबार,  माघ ४,  २०८२


ताथलीमा सिम्रिक सहकारीद्वारा नि:शुल्क दन्त शिविर 

नगरकोट न्युज सोम, जेठ १३, २०८२ स्थानिय समाचार

02739


नगरकोट:-  सिम्रिक साकोसले आफ्नो १६औं स्थापना दिवसको अवसरमा नि:शुल्क दन्त शिविर आयोजना गरेको छ । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीमा रहेको सो सहकारीले आफ्नो स्थापना दिवसको अवसर र सामाजिक उत्तरदायित्व अन्तरगत नि:शुल्क दन्त शिविर आयोजना गरेको हो ।


शनिबार सहकारीको प्राङ्गणमा आयोजित उक्त शिविरका लागि भक्तपुरको च्याम्हासिंहस्थित स्माइल टेक डेण्टल क्लिनिकले प्राविधिक सहयोग गरेको थियो । शिविरमा विभिन्न स्थानका १५० बढी सहभागी भई दन्त परीक्षण गराएका आयोजकले जनाएको छ ।


सहकारीको स्थापना दिवसको अवसरमा आयोजित शिविर सम्पन्न गर्न सहयोग गर्ने डेण्टल क्लिनिकका स्वास्थ्यकर्मी, प्राविधिकसहित स्थानीय सुनिल पण्डितलाई प्रशंसा पत्र प्रदान गरिएको थियो । कार्यक्रममा डाक्टरहरू पूजा गाइजू, उरूषा गाइँजू, प्रिया मानन्धर, फरिदा कार्की, जेनिशा खायमली, रमिला खड्का अनिल कासुलालाई सम्मान गरिएको सहकारीका अध्यक्ष रमेश न्हेम्हाफुकीले बताउनुभयो । सहकारीले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्व अन्तरगतका विभिन्न गतिविधि गर्ने कार्यक्रम संयोजक उत्तम साखकर्मी र सचिव हरिसुन्दर छुकांले बताउनुभयो ।

Top