सोमबार,  मंसिर २,  २०८२


लागुऔषध र विदेशी मुद्रासहित ४ जना पक्राउ

नगरकोट न्युज शुक्र, जेठ ३१, २०८२ समाज

02787


नगरकोट :- भक्तपुरको मध्यपुर थिमि राधेराधे र कमेरोटार क्षेत्रबाट प्रहरीले लागु र्आषधसहित ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा एक युवती र तीन युवक छन ।
प्रहरीले मध्यपुर थिमि–७ राधेराधे भाटभटेनी नजिकबाट लागुऔषध सहित खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–१४ का २६ वर्षिय केवल राईलाई बिहिवार पक्राउ गरेको हो ।
प्रहरीले उनको साथबाट ट्रामाडोल हाइड्रोक्लोराइड क्याप्सुल आइपी ट्रामाडेक्स लेखेको लागुऔषध १४६ थान बरामद भएको जनाएको छ ।

यस्तै प्रहरीले मध्यपुर थिमि–५ कमेरोटार क्षेत्रबाट लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मध्यपुर थिमि–६ कुण्डोल बस्ने २२ वर्षिय रिकेश थापा, सिन्धुपालचोक चौतारा साँगाचोकगढी–३ बस्ने ३२ वर्षिय तारा बहादुर भारती, काठमाण्डौं चन्द्रागिरी नगरपालिका–७ बस्ने २२ वर्षिया रेश्मा ठकुरी हुन ।
उनीहरुको साथबाट लागुऔषध खैरो हिरोईन लागेको स्टिलको थाल एक थान, खैरो हिरोईन जस्तो पदार्थको पोका थान ५ प्लास्टिक सहित तौल गर्दा ६४० मिलिग्राम, नेपाली नगद ५ हजार ७५० रुपैंयाका साथै अमेरिकी डलर, कुवेती डिनार, साउदी रियाल, मलेसियन रिङ्गेट, कतारी रियाललगायतका विदेशी मुद्रा पनि बरामद भएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक ढुण्डीराज नेउपानले बताउनुभयो ।
पक्राउ परेका चारै जनालाई भक्तपुर जिल्ला अदालतबाट लागुऔषध कसुरमा म्याद थप गरी अनुसन्धान भइरहेको प्रनाउ नेउपानले बताउनुभयो ।

Nagarkot Visit year

ताजा अपडेट


Changunarayan
Top