सोमबार,  मंसिर २,  २०८२


हल गोरु पाल्ने दुई सय ४० किसानलाई प्रोत्साहन रकम

नगरकोट न्युज शुक्र, सावन ३, २०८२ समाज

02865


नगरकोट :- सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिकाले गत आर्थिक वर्षमा हल गोरु पाल्ने किसानलाई प्रोत्साहन रकम उपलब्ध गराएको छ । 
 
हल गोरु पाल्ने दुई सय ४० किसानलाई रु पाँच हजारका दरले प्रोत्साहन रकम उपलब्ध गराइएको नगरप्रमुख आइतमान तामाङले जानकारी दिनुभयो ।  पछिल्लो समय प्रविधियुक्त ट्र्याक्टर भित्रिने क्रम बढेपछि हल गोरु पाल्ने प्रचलन हट्दै गएको भन्दै प्रोत्साहन गरिएको उहाँले बताउनुभयो । 

“खेत जोत्ने नयाँ नयाँ प्रविधि आइरहेका छन्, जसले गोरु पाल्ने चलन नै लोप हुने अवस्था आउनसक्छ । त्यसैकारण नगरपालिकाले हल गोरु पाल्ने किसानलाई प्रोत्साहनको नीति लिएका हौँ”, नगरप्रमुख तामाङले भन्नुभयो । 

नगरपालिका कृषि विकास शाखाका प्रमुख अमरनाथ आचार्यले अनुदान रकमका लागि पशु बिमा गर्नका लागि आग्रह गरिएको बताउनुभएको । यसरी बिमा भएका किसानलाई बैंक खातामार्फत र बिमा भएको तर बैंक खाता नभएका  किसानलाई भरपाई गरेर रकम उपलब्ध गराइएको उहाँले जानकारी दिनुभयो ।

यस कार्यक्रमले किसानलाई प्रोत्साहन मात्र नभई प्राङ्गारिक मल उत्पादन गरी माटो सुधार र जैविक विविधता संरक्षणमा समेत सुधार ल्याउने अपेक्षा गरिएको नगरपालिकाले जनाएको छ ।

Nagarkot Visit year

ताजा अपडेट


Changunarayan
Top