नगरकोट :- चाँगुनारायण नगरपालिकाले किसानलाई अनुदानमा कृषि औजार वितरण गरेको छ । नगरपालिकाले किसानसँगको ५० प्रतिशत लागत साझेदारीमा कृषि सामग्री वितरण गरेको हो ।

एक कार्यक्रमका विच नगरप्रमुख जीवन खत्रीले कृषि सामाग्री वितरण गर्नुभएको थियो । चाँगुनारायण नगरपालिका कृषि विकास शाखाको वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत ५० प्रतिशत अनुदानमा कृषि औजार वितरण गरिएको हो ।

प्रदेश तथा नगरपालिकाको आन्तरिक तर्फको माग आवहान पश्चात न.पा अन्तर्गतका कृषक समूह, सहकारी, व्यवसायीक कृषि फर्म तथा कृषकहरुलाई सामाग्री वितरण गरिएको कृषि शाखा प्रमुख सुरेश सिंखडाले बताउनुभयो ।

वितरण गरिएका सामानहरु मिनिटीलर (पेट्रोल)– ६७ थान, मिनिटीलर (डिजेल)– १३ थान,स्प्रे पम्प (2 in 1) –२८ थान, थेसर – ३ थान, कम्बाईन मिल – ८ थान, मकै छोडाउने मेसीन – २२थान, मकै रोप्ने मेसीन– ५ थानलगायत रहेका छन् ।

सामाग्री वितरण कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मोहनकुमार श्रेष्ठ, कृषि तथा पशुपन्छी विकास शाखाका कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

