बिहीबार,  फाल्गुन २८,  २०८२


 चाँगुनारायण प्रथम मेयर कप दौड प्रतियोगिताको आयोजना हुने

नगरकोट न्युज शुक्र, सावन २४, २०८२ खेल

02934


नगरकोट :- चाँगुनारायण नगरपालिकाले यही साउन ३१ गते प्रथम मेयर कप दौड प्रतियोगिता आयोजना गर्ने भएको छ । नगर खेलकुद विकास समितिको संयोजनमा नगरपालिकाले आयोजना गर्न लागेको प्रतियागिताको तयारी पुरा भएको समितिका संयोजक रघु केसीले जानकारी दिनुभयो ।

साउन ३१ गते शनिवार बिहान ७ बजे यातु महादेवस्थानमा नगर प्रमुख जीवन खत्रीले उद्घाटन गरेसँगै सुरू हुने प्रतियोगितामा पुरुष र महिलातर्फ पाँच पाँच किलोमिटरको प्रतिस्पर्धा गराइने संयोजक केसीले जानकारी दिनुभयो ।

प्रतियोगितामा १३–१४ वर्ष, १५–१६ वर्ष र १७–१८ वर्षका उमेर समूहका खेलाडीहरूबीच प्रतिस्पर्धा हुने जानकारी दिदै उहाँले प्रत्येक उमेर समूहमा एकएक जना छात्र र छात्रा सहभागि गराउने जानकारी दिनुभयो ।

प्रतियोगितामा प्रथम हुनेलाई नगद पाँच हजार, दोस्रोलाई नगद तीन हजार रुपैयाँ, तेस्रो हुनेलाई नगद दुई हजार र चौथो तथा पाँचौ हुनेलाई सान्त्वना पुरस्कार स्वरूप एक एक हजार रुपियाँ पुरस्कार, प्रमाणपत्र प्रदान गरिने उहाँले जानकारी दिनुभयो । समितिले प्रतियोगिताका सहभागि हुन इच्छुक टोलीलाई यही साउन २७ गते मंगलबार भित्र नाम दर्ता गराउन सूचना जारी गरेको छ ।

Top