नगरकोट :- चाँगुनारायण नगरपालिकामा विपद् जोखिम न्यूनीकरण तथा लैङ्गिक समानताा, आपांङ्गता तथा सामाजिक समावेशीकरण रणनैतिक कार्ययोजना २०८१ मा आधारित कार्ययोजना निर्माण कार्यशाला सम्पन्न भएकोछ । आइसेट नेपाल तथा डिसिए नेपालको सहयोगमा सञ्चालित कार्ययोजना निर्माण कार्यशालामा महिला कार्यपालिका सदस्यहरु, महिला वडा सदस्यहरु, ज्येष्ठ नागरिक मिलन चौतारीका प्रतिनिधिहरु, अपांगता भएका ब्यक्ति तथा परिवार, शाखा तथा उपशाखाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
.jpg)
चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले चाँगुनारायण नगरपालिका तुलनात्मक रुपमा विपद्का दृष्टिकोणले जोखिम क्षेत्रमा पर्ने भएकोले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागी छुट्टै उपशाखा स्थापना गरी कार्यहरु भइरहेको बताउनुभयो । उहाँले वडास्तरमा गठित विपद् व्यवस्थापन समितिमा ज्येष्ठ नागरिक, युवा, महिला, सिमान्तकृत समुदाय, अपांगता भएका ब्यक्तिको सहभागितालाई प्राथमिकता दिनुुका साथै महिला, ज्येष्ठ नागरिक, बालबालिका, अपांगता भएका ब्यक्ति लक्षित विविध कार्यक्रम तथा गतिविधिहरु नगरपालिकाले सञ्चालन गरीरहेको बताउनुभयो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार गरेको विपद् जोखिम न्यूनीकरण तथा लैङ्गिक समानता आपांङ्गता तथा सामाजिक समावेशीकरण रणनैतिक कार्ययोजना २०८१ मा आधारीत कार्ययोजना निर्माणले आगामी दिनमा नगरपालिकाले तयार गर्ने नीति तथा योजनाहरु मार्फत लैङ्गिक समानता, आपांङ्गता तथा सामाजिक समावेशीतालाई प्रभावकारी रुपमा सम्बोधन गर्न सकिने नगर प्रमुख खत्रीले बताउनुभयो । उहाँले सम्भावित विपद्बाट संकटासन्न परिवार तथा समूहलाई सुरक्षित गर्नलाई पनि कार्ययोजना सहयोगी हुने बताउनुभयो ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा संकटासन्न समूहको पहुँच, क्षमता र अर्थपू्र्ण सहभागितामा वृद्धि गर्दै लैङ्गिक समानता, अपाङ्गता र सामाजिक समावेशीकरण सुनिश्चित गर्ने लक्ष्यका साथ तयार गरिएको कार्ययोजनामा आधारीत भएर जलवायु र विपद् जोखिमको बुझाइलाई लैङ्गिक समानता, अपाङ्गता र सामाजिक समावेशीकरणमा समावेश गर्ने, संघ, प्रदेश र स्थानीय तहमा लैङ्गिक समानता, अपाङ्गता र सामाजिक समावेशीकरणलाई विपद् जोखिम न््ययूनीकरण तथा व््यवस््थापन शासकीय पद्धति मा समावेश गर्ने, उत्थानशील समाजका लागि विपद् जोखिम न्यूनीकरणमा लैङ्गिक समानता, अपाङ्गता र सामाजिक समावेशीकरणमा सार्वजनिक तथा निजी लगानी प्रवर्दद्धन गर्ने, प्रभावकारी प्रति कार्यका लागि लैीङ्गक समानता, अपाङ्गता र सामाजिक समावेशीकरण सहितको विपद् पूर््व तयारी सुदृढ गर्ने, अझ राम्रो, बलियो र पहुँचयुक्त निर्माणमा (Build Back Accessible) को अवधारणाभित्र लैङ्गिक समानता, अपाङ्गता र सामाजिक समावेशीकरणलाई आत््मसात गर्ने, लैङ्गिक समानता, अपाङ्गता र सामाजिक समावेशीकरणलाई मूलप्रवाहीकरण गर्न अनुसन्धान, तालिम र क्षमता विकास गर्ने, बहुप्रकोपीय पू्र्व सूचना प्रणाली (multi–hazard early warning system and anticipatory action) मा लैङ्गिक समानता, अपाङ्गता र सामाजिक समावेशीकरणलाई समावेश गर्ने, लैङ्गिक समानता, अपाङ्गता र सामाजिक समावेशीकरण सहितको सामाजिक सुरक्षा र विपद् जोखिम वित्तीय व्यस्थापन गर्ने जस्ता रणनीतिहरुलाई अवलम्बन गर्दै कार्ययोजना निर्माण गरिनेछ ।

कार्यशालाको सहजिकरण डा. नरेश रिमाल तथा चाँगुनारायण नगरपालिकाका विपद् व्यवस्थापन उपशाखा प्रमुख दिनेश थापाले गर्नुभएको थियो । कार्यशालामा सहभागिहरुलाई चार समुहमा विभाजन गरी समुह कार्य गरिएको थियो । समुहका टोली नेताहरुले आफ्नो समुहले तयार गरेको खाका प्रस्तुतीकरण पनि गर्नुभएको थियो ।
योजना निर्माण कार्यशालामा कार्यपालिका सदस्यहरु निर्मला के.सी, कमला भारती गिरी, सितादेवी लामिछाने, सोनु विश्वकर्मा, वडासदस्यहरु मुना गुरुंग, सुमित्रा दर्जी, आरती लामा, रामकुमारी वि.क, शिक्षा शाखा प्रमुख जनाद्र्धन रिजाल, सामाजिक विकास शाखा प्रमुख नीला कुमारी घिमिरे, खानेपानी तथा सरसफाई उपशाखा प्रमुख सुरेन्द्र लामिछाने, ज्येष्ठ नागरिक मिलन चौतारी वडा नं १ का अध्यक्ष भरत प्रसाद न्यौपाने, ९ का अध्यक्ष राम प्रसाद मचामसी, आइसेट नेपालका कार्यक्रम संयोजक अशोक महर्जन, फिल्ड अधिकृत भरत ढुंगाना लगायत आपाङ्गता भएका परिवारका सदस्यहरु, नगरपालिकाका कर्मचारीहरु गरी २९ जनाको उपस्थिती रहेको थियो ।
